अभिनेता अनमोल केसी सबैको मुखमा छन् । अनमोललाई गाली वा ताली जे आएपनि, उनको चर्चा भने हुन्छ । नेपाली फिल्ममा यस्तो चर्चा कमै मात्र सुपरस्टारको भएको पाइन्छ ।

अभिनेता केसीले अभिनय गरेको फिल्म ‘कृ’ माघ २६ गतेबाट रिलिज हुने पक्का छ । फिल्मको ट्रेलरले युटुबमा र दर्शकको मनमा हंगामा नै मच्चाइसकेको छ । अब, दर्शकलाई फिल्मको नयाँ गीतको प्रतिक्षा छ ।

फिल्ममा समावेश ‘यति यति पानी’ बोलको गीत डिसेम्बर २१ मा रिलिज हुँदैछ । जसमा अभिनेता अनमोल केसी क्लबमा पुगेर डान्स गरेका छन् । रेनशा वान्तवा राइले भिडियोको कोरियोग्राफी गरेकी हुन् । फिल्मको ट्रेलरले ७ हजार भन्दा बढी कमेन्ट पाएको छ र अधिकांश कमेन्ट सकारात्मक छन् । अभिनेता केसी, अभिनेत्री अदिती वुढाथोकी र अर्का अभिनेता अनुपविक्रम शाहीको भूमिकाको प्रशंसा धेरै भएको छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । निर्माता गिरीले भने–‘अंग्रेजी नयाँ बर्षमा हाम्रो गीत हरेक क्लबमा बज्नेमा हामी विश्वस्त छौ ।’

For More videos Log on to Mazzako TV