बडिगार्डकै बेइज्जत
पोखरामा आयोजना भएको फिल्म ‘ह्याप्पी न्यू इयर’को कन्सर्टमा अभिनेता कुशल थापाले ६ जना बडिगार्ड लिएर स्टेज चढे । नेपाली फिल्म क्षेत्रमा अहिले बडिगार्ड त फेसन नै बनेको छ । 
अभिनेता अनमोल केसीले सुरुवात गरेको बडिगार्डको शैलीलाई अहिले केहि कलाकारले दुरुपयोग गर्न थालेका छन् । बडिगार्ड भिडबाट बच्न, सुरक्षाका लागि अपनाइने कुरा हो । बलिउडमा कलाकारहरु बाहिर निस्कदा अत्याधिक भीड हुने भएकाले बडिगार्डसहित निस्कन्छन् ।
अभिनेता कुशल थापालाई दर्शकले त राम्रोसँग चिनेका छैनन्, उनलाई किन बडिगार्ड चाहिएको होला ? फिल्म क्षेत्रमा यस्ता खालका प्रचारका शैलीले सिंगो फिल्म क्षेत्रलाई नै घाटा लाग्ने चर्चा चल्न थालेको छ ।
देशभरको कन्सर्टमा पुगेका कुशलले पोखरामा भने बडिगार्ड शो गरे । जबकी, देशभरको कन्सर्टमा दर्शकको उपस्थिती ज्यादै न्यून थियो । कहिले विकिनी लगाएका यूवतीसहित त कहिले अनावश्यक रुपमा बडिगार्ड लिएर, कलाकारले आफ्नो फिल्म र करिअरलाई ब्याक फायर गरिरहेका छन् ।
For More videos Log on to Mazzako TV







