अभिनेत्री प्रियंका कार्की टर्कीतर्फ लागेकी छिन्। । नेपाली फिल्मको पहिलो पटक छायांकन टर्कीमा हुँदैछ । यसैले पनि अभिनेत्री प्रियंका कार्कीले आफूलाई भाग्यमानी अभिनेत्रीको रुपमा हेरेकी छिन् । उनले, टर्कीमा फिल्म छायांकनका लागि पहिलो पटक पुग्ने अभिनेत्री आफू भएको भन्दै खुशी व्यक्त गरेकी हुन् ।

मिलन चाम्सको निर्देशनमा तयार भैरहेको फिल्म ‘लिलिबिली’को लण्डनमा छायांकन सकिएको छ । बाँकी छायांकन भने टर्कीको राजधानी इस्तानबुलमा हुँदैछ । फिल्ममा प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।

साथमा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ पनि फिल्ममा मुख्य भूमिका निर्वाहा गरिरहेका छन् । नेपाली फिल्मको छायांकन विदेशमा गर्न निर्देशक चाम्स माहिर मानिन्छन् । अब, उनले नेपाली फिल्ममा टर्कीको लोकेशन देखाउनेछन् ।

For More videos Log on to Mazzako TV