नेपाली फिल्ममा पुस्ता हस्तान्तरण निकै छ । अभिनेता भूवन केसीका छोरा अनमोल केसी, निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत पुस्ता हस्तान्तरणका पछिल्ला उदाहरण हुन् । तर, धेरै कलाकारले आफ्ना सन्तानलाई फिल्ममै ल्याउन चाहेका छैनन् ।

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि अझै फिल्म क्षेत्रमा आएकी छैनन् । केहि दिन अगाडि आयोजना भएको कविताको जन्मदिन कार्यक्रममा अभिनेत्री करिश्माले छोरीलाई हिरोइन बनाउन चाहेको बताइन् । उनले, तर हिरोइन बन्न सजिलो नभएको भन्दै मानसिक र शारीरिक रुपमा तयार हुन आवश्यक रहेको बताइन् ।

कविताले पनि आफू फिल्ममा आउन चाहेको तर अहिले निर्माण भैरहेका फिल्म हेर्दा हतार हुने बताइन् । उनले, पनि आफू मानसिक र शारीरिक रुपमा तयार हुन आवश्यक रहेको बताइन् । साथै, अब आफूले तौल घटाउने पनि उनको भनाई थियो । आखिर, करिश्माकी छोरी फिल्म क्षेत्रमा आउलिन् त ?

For More videos Log on to Mazzako TV