अनमोलसँग ‘क्याप्टेन’मा उपासाना, कति सत्य ?
अभिनेता अनमोल केसी मिडियामा कम बोल्छन् । तर, उनी कम बोलेपनि चर्चा भने सधै नै भैरहन्छ । अभिनेता केसीले अभिनय गरेका फिल्म २ बर्षमा एक पटक आउँछन् । तर, मिडियामा कुनै न कुनै खबर अनमोलको बारेमा उनका पिता भूवन केसी नै बताइरहन्छन् । तर, यसपटक भने अनमोल नयाँ फिल्मकी अभिनेत्रीका कारण फेरि मिडियामा आएका छन् । 
अनमोल अभिनित फिल्म ‘कृ’ माघ २६ गतेबाट रिलिज हुँदैछ । यो फिल्म लगतै अनमोल नयाँ फिल्म ‘क्याप्टेन’मा काम गर्दैछन् । यो फिल्ममा अनमोलले आफूलाई फूटबल खेलाडीको रुपमा चित्रित गर्दैछन् ।
यो फिल्मका लािग २ जना नव–अभिनेत्रीको खोजी भैरहेको छ । तर, एक अभिनेत्री भने फेला परेको खबर बाहिरिएको छ । मोडल उपासाना सिंह ठकुरीलाई अनमोल र उनको टिमले फाइनल गरेको खबर मिडियामा आइरहेको छ । अभिनेता भूवन केसीका अनुसार उपासाना फाइनल भने भैसकेकी छैनन् । उनो अडिसन बाँकी नै छ ।
तर, अनमोलले पनि उपासानालाई मन पराएका छन् । यसैले, दिवाकर भट्टराइले निर्देशन गर्न लागेको फिल्ममा उपासना पहिलो नम्बरको रोजाइमा छिन् । फिल्ममा दुबै अभिनेत्रीको भूमिका बराबर हुनेछ । आउँदो बर्षको भदौमा फिल्म रिलिज हुनेछ ।
For More videos Log on to Mazzako TV







