बिपनीमै भेटौँकी, हेर्नुस् रजनीको ‘पटुकी’ (भिडियो)
नायिका रजनी केसी अभिनित फिल्म ‘पटुकी’ को टे«लर सार्वजनिक भएको छ । पुष २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘पटुकी’ को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरबाट माया, पे्रम, धोका र एक्सनको वरिपरी फिल्म घुमेको बुझ्न सकिन्छ । राम नेपाल फिल्मका निर्देशक हुन् ।

फिल्ममा रजनीसंगै जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य भूमिका छ । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।
For More videos Log on to Mazzako TV








