सुशिल शरीर मात्र किन देखाउँछन् ?
नेपाली फिल्ममा कमै मात्र हिरोहरु छन्, जो सुगठित शरीरका कारण चर्चामा छन् । नेपाली कलाकारहरुले शरीर बनाउनका लागि कहिल्यै मिहिनेत नै गरेनन् । तर, अहिले हिरोहरु शरीर बनाउन लागिपरेका छन् । शरीरकै कारण चर्चामा आएका हिरो हुन्, सुशिल श्रेष्ठ । 
जसले अभिनय भन्दा पनि शरीरका कारण बढी मिडियामा चर्चा पाएका छन् । फिल्म ‘होस्टल रिटन्र्स’को प्रचारमा त सुशिलको शरीरकै चर्चा भयो । तर, अभिनयको क्रेडिट सबै नाजिर हुसेनले लगे । यसकारण, सुशिल भन्दा बढी व्यस्त नाजिर छन् ।
फिल्म ‘कारखाना’मा पनि सुशिलको शरीर शो भयो । दर्शक र समिक्षकले उनको अभिनयलाई भन्दा शरीरलाई बढी फोकस गरे । अभिनयमा उनी कमजोर देखिए ।
हालै मिडियामा सार्वजनिक भएको फिल्म ‘लभ डायरिज’को छायांकनमा पनि उनको शरीरले नै चर्चा पाइरहेको छ । एउटा टावल मात्र बेरेर सुशिलले सिक्स प्याक शरीर देखाएका छन् ।
सुशिलले अभिनयमा पनि बढी जोड दिन आवश्यक छ । किनकी, उनी कमजोर अभिनयकै कारण छायाँमा छन् ।
For More videos Log on to Mazzako TV







