प्रेम र विवाहको चर्चामै रुमलिए पल र आँचल
कहिलेकाही कतिपय चर्चा धेरै हुँदा, त्यसले कलाकारलाई घाटा लाग्छ । किनकी, कलाकारको काम भन्दा पनि उनीहरुको निजी जिन्दगीले मिडियादेखि दर्शकमा बढी चर्चा पाउँदा, उनीहरुको कामको मुल्यांकन कमजोर हुन्छ । 
अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको हकमा पनि यस्तै कुरा लागू भैरहेको छ । पल र आँचलको कामको भन्दा पनि यी दुइको प्रेमको चर्चाले युटुबका इन्टरभ्यू र समाचार रंगिएका छन् । जसले, आँचल र पलले फिल्ममा कस्तो काम गरे भन्ने छायाँमा परेको छ ।
फिल्म ‘सत्रु गते’मा पनि आँचल र पलको जोडी देखिदैछ । तर, यो जोडीलाई प्रेम र बिहेको प्रश्नले नै घेरेको छ । जसकाकारण, यी दुइले कस्तो काम गर्दैछन् भन्ने नै दर्शकले विर्सन थालेका छन् ।
कलाकारको निजी जीवनको चर्चा बढी हुँदा उनीहरुको करिअरलाई पनि घाटा लाग्छ । कतै, प्रेमको खबरले आँचल र पलको फिल्मी करिअरलाई घाटा त लाग्ने होइन ? पल र आँचल दुबैले सोच्ने कि ?
For More videos Log on to Mazzako TV







