‘शेर बहादुर’ को टिजरले के संकेत गर्छ त ? (भिडीयो)
यहि माघ १९ गतेदेखि अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘शेर बहादुर’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त साढे एक मिनेट लामो टिजरले सस्पेन्स र थ्रिलरलाई संकेत गरेको बुझ्न सकिन्छ । टिजरमा फिल्मका सबै जसो कलाकारहरुलाई देखाइएको छ ।

आर राजवंशी निर्देशत फिल्म ‘शेर बहादुर’ मा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा मुख्य भूमिका छन । फिल्मलाई गौरी शंकर धुँजु र धिरज राजवंशीले निर्माण गरेका हुन् । फिल्मको एउटा गीत सार्वजनिक भैसकेको छ । फिल्ममा कोशिस क्षेत्रीको संगीत, प्रमोद क्षेत्रीको लेखन, निमेष श्रेष्ठको सम्पादन र बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
For More videos Log on to Mazzako TV








