‘लभ डायरिज’मा सुशिलले देखाए शरीर
नेपाली फिल्मको निर्माण क्रम यथावत् नै छ । फिल्मले राम्रो व्यापार गर्न थालेपछि निर्माताहरु पनि फिल्म निर्माणमा हौसिएका छन् । पर्यटकिय नगरि चितवनको सौराहमा धमाधम फिल्म ‘लभ डायरिज’को छायांकन भैरहेको छ । 
केटा र केटीविच हुने मायाप्रेमको कथालाई हाँस्य रस पस्कदै यो फिल्मको निर्माण भैरहेको छ । सौरभ चौधरीको निर्देशनमा बनिरहेको फिल्मको हालसम्म ३० प्रतिशत छायांकन सकिएको छ । ७० प्रतिशत चितवनमा नै छायांकन हुने फिल्मलाई पोखरा र काठमाण्डौमा पनि खिचिनेछ । विदेशमा रमाइलो जीवन बिताएको यूवा नेपाल आएर बाबुको व्यापार सम्हाल्न परेपछि कस्तो खालको संघर्ष गर्छ भन्ने कथा फिल्ममा देख्न पाइनेछ । जुन भूमिकामा अभिनेता सुशिल श्रेष्ठ देखिदैछन् ।
यो फिल्मबाट नव–अभिनेत्री रुविना थापाले फिल्म क्षेत्रमा डेब्यू गरेकी छिन् । आफू साधारण यूवतिको भूमिकामा देखिएको रुविनाको भनाई छ । फिल्ममा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारिको फिल्ममा मुख्य भूमिका छ । साहिल खान एसोसियट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।
For More videos Log on to Mazzako TV







