वेनिशालाई ‘झ्यानाकुटी’ले कहाँ पुर्यायो ?
थोरै फिल्म खेलेर सफलताको सिढी विस्तारै चढ्दै गरेकी अभिनेत्री हुन् वेनिशा हमाल । हलमा सफलता नमिल्दा धेरै पटक उनी छायाँमा पनि परेकी छिन् । तर, अब विस्तारै वेनिशाले सफलताको स्वाद चाख्न थालेकी छिन् । मंसिर १ गतेबाट रिलिज भएको फिल्म ‘झ्यानाकुटी’ अझै पनि काठमाण्डौका हलमा लागिरहेको छ ।

शनिबार त दर्शक फिल्मले पाएको शोमा हाउसफूल नै छन् । फिल्मले व्यापार राम्रै गर्दा अभिनेत्री निशा अधिकारीलाई त फाइदा भयो नै । यो फिल्मकी मुख्य अभिनेत्री अर्थात मालतीलाई कति फाइदा भयो ?
वेनिशा फिल्ममा मालतीको भूमिकामा छिन् । उनको भूमिकालाई दर्शकले मन पराएका छन् । विवाहित गाउँले महिलाको भूमिकामा देखिएकी वेनिशाले अभिनय उत्कृष्ट गरेकी छिन् । श्रीमान्सँग विछोडिएपछि भोगेका पीडा, गरेका संघर्षमा वेनिशा फिट देखिएकी छिन् ।
वेनिशा अहिले कमर्सियल भन्दा पनि कथा केन्द्रित फिल्ममा बढी फोकस गरिरहेकी छिन् । उनले, अभिनय गरेका अर्को फिल्म ‘ब्लाइन्ड रक्स’ले पनि उनको अभिनय अझै निखार्नेछ । यो फिल्ममा उनी दृष्टिबिहिन श्रृष्टी श्रेष्ठको भूमिकामा देखिएकी छिन् । वेनिशा अब अभिनयमा जम्ने फिल्मीकर्मीहरुले नै बताउन थालेका छन् ।
For More videos Log on to Mazzako TV







