अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको प्रेम पनि मिडियाका लागि सधै नै हंगामा बनेको छ । केहि महिना अगाडि श्रृष्टीको हात भाच्चिएर अस्पताल भर्ना हुँदा उनी र प्रेमि सौगात मल्लविच झगडा भएको चर्चा भयो ।

जे जस्तो भएपनि सौगात र श्रृष्टी एक अर्कालाई प्रेम गरिरहेका छन् । तर, हलमा भने सौगात र श्रृष्टी लडाई गर्ने तयारीमा लागेका छन् । सौगात मल्ल अभिनित ‘पञ्चेबाजा’ र श्रृष्टी श्रेष्ठ अभिनित फिल्म ‘रोमियो एन्ड मुना’ एउटै मितिमा रिलिज हुँदैछ ।

यी दुई फिल्मलाई यसका निर्माताहरुले फागूण ११ गतेबाट रिलिज गर्ने तयारी थालेका छन् । यहि, तयारीका कारण पनि रियल लाइफमा प्रेममा रहेको जोडी हलमा भने लडाइको तयारीमा छ । दर्शकले कुन कलाकारको नाममा बढी टिकट काट्लान् ? सौगात र श्रृष्टीको स्टारडममा कसको बढी देखिएला ? चर्चा सुरु भैसकेको छ ।

For More videos Log on to Mazzako TV