माया गर्ने दाउमा झुटको खेती गरेपछि यस्तो ‘छटपटि’ (भिडियो)
म्यूजिक भिडियो सम्पादनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सम्पादक निशान घिमिरेको निर्देशनमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक सन्तोस कालीकोटेको स्वरमा रहेको ‘छटपटि’ बोेलको नयाँ गीतको म्यूजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको हो । डम्बर हिंमाङ्गको शब्द संगीत रहेको गीतको एरेन्ज गोपाल रसाईलीले गरेका हुन् । भिडियोमा राज, संगीत, रोशनीसंगै सम्योग कालिकोटे फिचरिङमा छन् ।

निर्देशक घिमिरेले भिडियोलाई कलात्मक तरिकाले प्रस्तुत गरेका छन् । उत्सब दाहालले खिचेको भिडियोलाई बिकाश दाहाले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV








