‘फिर्के’ यूनिट मोफसल दौडाहामा
आउँदो पुष २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘फिर्के’ यूनिटले प्रचार–प्रसारलाई तिब्रता दिएको छ । फिल्म यूनिट यतिखेर मोफसल दौडाहामा छ । आइतवार झापा पुगेका फिल्मका कलाकार तथा निर्माता सुलेमान शंकर ‘ईकु’ ले ‘फिर्के’ कमेडी जनराको फिल्म रहेको बताए । यसअघि दुई पटक ‘ईकु’ को भूमिकामा दर्शकमाझ आएर राम्रो प्रतिक्रिया पाएका सुलेमान ‘फिर्के’ बाट आफ्नो परिचय फेरिने विश्वस्त छन्।

‘ईकु’ भने ‘म यो दावी गर्न सक्छु कि ‘फिर्के’ हेर्दा तपाईको पैसा खेर जाँदैन ।’ यो फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्जवल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान’ को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।








