पति रोबर्ट बीकसँग डिभोर्स भएको केहि दिनपछि अभिनेत्री रीमा विश्वकर्मालाई दर्शकले एउटा फिल्मको गीतमा नृत्य गर्दै गरेको अवस्थामा भेटेका छन् । मनमा पीडा लुकाएर ओठमा मुस्कान छर्दै रीमा फिल्मको सेटमा प्रस्तुत भइन् । कोरियोग्राफर गम्भिर बिष्टले उनलाई कोरियोग्राफी सिकाइरहेका थिए ।

वैशाख १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा दर्शकले केकीसँगै रीमालाई एउटा गीतको भिडियोमा देख्नेछन् । रीमाले आफू नटुटेको बताइन् । उनले, अनुहारको मुस्कान मानिसले पढ्न सकेपनि मनमा के चलिरहेको छ भन्ने कसैले नवुझ्ने पनि बताइन् ।

विशाल भण्डारीले यो फिल्मको निर्देशन गरेका हुन् । अर्जुन तिवारी फिल्मका छायांकार हुन् । फिल्ममा केकी, प्रियंका कार्की, ऋचा शर्माको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV