‘साइली’ अब फिल्म निर्माण हुने, कलाकार को को ?

लोकप्रिय गीत ‘साइली’ बिषयबस्तुलाई लिएर अब फिल्म निर्माण गरिने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्म गौरब पहारी र मेनुका प्रधान नै प्रमुख भूमिकामा रहने छन् ।फिल्मलाई निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् भने, कथा पनि निर्देशक गुरुङकै रहने छ ।

’जीएच इन्टरटेन्मेन्ट’ को ब्यानरमा फिल्ममा हेमन्त, गौरव, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहेको छ । कार्यक्रममा बोल्दै गायक हेमन्त रानाले यो गीत माथि फिल्म बनाउनु सानो चुनौती नरहेको र सम्पूर्ण टिम मिलेर दर्शकको अपेक्षा अनुरुपको चलचित्र निर्माण गर्ने बताए ।









