नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्म ‘स्यान्डवीच मी’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्ल यूआरएल एडगरको स्वर र शब्द रहेको गीतमा बलिउड गायक गौरव डागोन्करको संगीत छ । गीतको छायांकन अमेरिकामा गरिएको हो । गीतको भिडियोमा जस्तै नायक विनयले दुई विकिनी पहिरनमा रहेका युवतीसँग कार्यक्रममा धमाकेदार इन्ट्री मारेका थिए ।

फिल्ममा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतको अभिनय छ । नरेश कुमार केसी निर्देशित फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ । निर्माता समेत रहेका नायक विनयले फिल्मको एक गीतमा स्वर पनि दिएका छन् ।

For More videos Log on to Mazzako TV