निर्माता छविराज ओझाको निर्माणमा तयार भएको फिल्म ‘मंगलम’ अहिले प्रदर्शनको समस्यामा छ । यो फिल्मले डेट नै पाउन नसकेपछि छवि पछि हटिरहेका छन् । कुनै समय छविको फिल्मसँग अन्य निर्माता डराउथ्य । तर, अहिले छविको फिल्म नै पछि हटिरहनु परेको छ ।

दशैमा फिल्म ‘छक्का पन्जा २’सँग जुध्न तयार भएको ‘मंगलम’ अन्तत फागूण ४ गतेलाई सरेको थियो । तर, अब यो मितिमा पनि यो फिल्म आउनेमा शंका उत्पन्न भएको छ ।
फागूण ४ मा फिल्म ‘कान्छी’ले मिति तोकेपछि ‘मंगलम’ आउने वा नआउनेमा द्धविधा देखिएको छ ।

श्रोतका अनुसार, छवि यो मितिबाट पनि पछि सर्दैछन् । फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीत भदौमा नै रिलिज गरितापनि त्यसपछि कुनै पनि सामाग्री सार्वजनिक गरिएको छैन । नवल नेपालले निर्देशन गरेको यो फिल्ममा शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाई लगायतका कलाकारले काम गरेका छन् ।

For More videos Log on to Mazzako TV