अमेरिकामा पनि ‘फिर्के’ चल्दै
यहि पौष २१ गते बाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘फिर्के’ अमेरिकामा पनि चल्ने भएको छ । फिल्म निर्माण कम्पनी एस.एम.एस. फिल्म्स प्रा.लि. र अमेरिकामा प्रदर्शनको लागि लक्षिन फाउण्डेशनका बीच सम्झौता भएको फिल्मका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकरले बताएका छन् । फाउण्डेशनका अध्यक्ष लक्षिन गुरुङ्गले आगामी फेब्रेअरीबाट अमेरिकाका बिभिन्न स्टेटहरुमा चलचित्र प्रदर्शन गरिने बताए ।

नेपाल पदर्शन पश्चात अन्य केहि मुलुकहरुमा समेत ’फिर्के’ प्रदर्शन हुने बताईएको छ । रवि डंगोल निर्देशित फिल्म ‘फिर्के’ गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा हो ।

‘फिर्के’ मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’ मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।









