अनमोल र अदिती कति रोमान्टिक ?
नायक अनमोल केसी तथा नायिका अदिती बुढाथोकी स्टारर फिल्म ‘कृ’ को रोमान्टिक लुक्स सार्वजनिक भएको छ । सार्वजनिक दोश्रो पोस्टरमा अनमोल र अदिती बुढाथोकीको रोमान्स मज्जाको देखिन्छ । फिल्मको ट्रेलर यही शुक्रबार सार्वजनिक हुने बताइएको छ ।

सुवास ईन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । कृ मा भुवन केसीको द सुपर काजोल फिल्मस् पनि प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।

रिभेञ्ज लभ स्टोरी फिल्ममा अनमोल र अदिती बुढाथोकीसँगै सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय छ । ‘कृ’ माघ २६ देखि प्रदर्शनमा आउँदैछ । झण्डै दुई वर्षको अन्तरालमा दर्शकमाझ आउन लागेका अनमोलको ‘कृ’ प्रतिक्षित छ ।
For More videos Log on to Mazzako TV







