हुनत, अभिनेत्री बर्षा राउतको जन्मदिन भोली हो । उनी, मंसिर २७ गते जन्मिएकी हुन् । तर, फेसबुकले आजै जन्मदिन देखाएपछि उनलाई शुभकामनाको ओइरो लागेको छ । बर्षा पनि सबैलाई धन्यवाद भन्नमा व्यस्त छिन् ।

गतबर्ष बर्षाले आफ्नो जन्मदिन फिल्म ‘जात्रा’ टिमसँग मनाएकी थिइन् । यो बर्ष, आफ्नो जन्मदिन कसरी मनाउने भन्ने उनलाई नै थाहा छैन । बर्षा आफ्नो जन्मदिनको अवसरमा, फिल्म क्षेत्रमा मिहिनेत गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्छिन् । ‘अहिलेको भन्दा झनै मिहिनेत गरेर दर्शकले दिनुभएको मायालार्य कम हुन दिन्न’, बर्षाले भनेकी छिन् ।

फिल्म ‘नाई नभन्नु ल ४’बाट नेपाली फिल्म क्षेत्रमा आएकी बर्षा हिट अभिनेत्रीको सूचीमा पर्छिन् । ‘जात्रा, छक्का पन्जा, छक्का पन्जा २’ जस्ता हिट फिल्मका कारण उनको उचाई बढेको छ । तर, उनी अझै पनि आफूलाई सोलो फिल्मको प्रतिक्षा रहेको बताउँछिन् । बर्षालाई जन्मदिनको अवसरमा शुभकामना ।

For More videos Log on to Mazzako TV