माघ २६ गते प्रदर्शनको हुने भनिएको फिल्म ‘कान्छी’ ले आफ्नो प्रदर्शन मिति सारेको छ । अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको फिल्म अब फाल्गुन ४ गते प्रदर्शन हुने तय भएको छ । फल्म निर्माण पक्ष र वितरकको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति सारिएको बताइएको छ । सोही मितिमा नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ प्रदर्शनमा आउन लागेको छ ।

यो हिसाबले हेर्ने हो, भने माघ २६ मा कृ एक्लै मैदानमा आउने छ । यता श्वेताको अनुसार आफूलाई कुनै पनि चलचित्रसँग जुध्न मन नलागेको बताएकी छिन् । श्वेता भन्छिन् ‘ कृ टिमसँग धेरै छलफल गर्ने कोसिस गर्दा पनि कुनै निर्णय नभएपछि म आफैँ सरेको हुँ ।’ फिल्ममा श्वेताको साथमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । आकाश अधिकारी निर्देशित चलचित्रको केही समय अघि एउटा गीत सार्वजनिक भइसकेको छ । जुन गीतले युट्युबमा ५० लाख बढी भ्युज् पाएको छ ।

For More videos Log on to Mazzako TV