माघ २६ गतेको मिति तय गरेर फिल्म ‘कृ’ र ‘कान्छी’का निर्माता बसेका छन् । अभिनेता अनमोल केसीको प्रतिक्षित फिल्म ‘कृ’लाई दर्शकले लामो समयदेखि पर्खिरहेका छन् । यो फिल्मले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राख्ने चर्चा समेत भएको छ । सुरेन्द्र पौडेलले निर्देशन गरेको यो फिल्मको केही दिनमै ट्रेलर पनि रिलिज हुँदैछ ।

यो मितिमा अभिनेत्री स्वेता खड्काले निर्माण तथा अभिनय गरेको फिल्म ‘कान्छी’ पनि रिलिज हुने तयारीमा छ । आकाश अधिकारीले निर्देशन गरेको यो फिल्ममा स्वेता खड्का र दयाहाङ राइको मुख्य भूमिका छ ।

दुबै फिल्म एकसाथ आउनु हुदैन भन्ने टिप्पणी पनि फिल्म वृत्तमा चलिरहेको छ । तर, यहि मितिमा अब एउटा प्रतिक्षित बलिउड फिल्म पनि रिलिज हुने चर्चा छ । डिसेम्बर १ तारिखबाट पछाडि सरेको संजयलिला भन्साली निर्देशित तथा दीपिका पादुकोण, रणवीर सिंह र साहिद कपुर अभिनित फिल्म ‘पद्यमावती’ यो मितिमा रिलिज हुने चर्चा सुरु भएको छ । यदि, ‘पद्यमावती’ पनि यहि मितिमा रिलिज भएको खण्डमा नेपाली फिल्मलाई असर पर्नेछ ।

For More videos Log on to Mazzako TV