अभिनेता प्रमोद भारद्वाज तथा अभिनेत्री नीता ढुंगाना स्टारर फिल्म ‘रियाल रिंगेट’ पूर्वी नेपालमा छायांकन भइरहेको छ । दीपक अधिकारीको डेब्यु निर्देशन रहेको फिल्मको हाल पूर्वका विभिन्न जिल्लाहरुमा छायांकन भइरहेको हो । वैदेशिक रोजगारका लागि खाडी मुलुकमा श्रम बेचिरहेका नेपाली युवाको यथार्थ कथामा फिल्म ‘रियाल रिंगेट’ निर्माण हुन लागेको हो । फिल्ममा प्रमोद, नीतासँगै छुल्ठिम गुरुङ, रामचन्द्र अधिकारी, रविन्द्र खड्का लगायतको अभिनय रहनेछ ।

फिल्मको नाम ‘रियाल रिंगेट’ राखिएकाले कतार र मलेशियाको मात्र कथा रहेछ भन्ने लाग्न सक्छ तर फिल्मले विदेशिएका ४० लाख युवाको प्रतिनिधित्व गर्ने अभिनेता प्रमोदले बताए । उनि भन्छन्, ‘फिल्ममा कसरी लाखौं युवा खाडी मुलुकमा पलायन हुन बाध्य भएका छन् भन्ने देखाइएको छ ।’

प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई जीवनकृष्ण बेघाले निर्माण गरेका हुन् । फिल्मले विदेशिएका युवाको बाध्यात्मक परिस्थितिसँगै एक जोडीको प्रेमकथा पनि बोल्नेछ । फिल्म पूर्वको दमक, विर्तामोड, पथरी, इलामको कन्याम लगायतका ठाउँमा छायांकन हुने निर्देशक अधिकारीले जानकारी दिए ।

 

For More videos Log on to Mazzako TV