जीवन लुइटेदेखि खगेन्द्र लामिछाने जस्ता कलाकारसँग फिल्मी पर्दामा रोमान्स गरिसकेकी अभिनेत्री बर्षा सिवाकोटीले फिल्म ‘भैरे’मा भने अभिनेता वुद्धि तामाङसँग रोमान्स गर्दैछिन् । यो फिल्मको छायांकन विगत १५ दिनदेखि उपल्लो मुस्ताङमा भैरहेको छ । जाडोको समयमा पनि कलाकारले टेक दिइरहेका छन् ।

सूर्य बोहराको निर्देशनमा तयार भैरहेको फिल्ममा अभिनेता दयाहाङ राई शिर्ष भूमिकामा छन् । उनलाई अभिनेत्री सुरक्षा पन्तले साथ दिएकी छिन् । फिल्ममा बर्षा र वुद्धिको जोडी पनि कमालको देखिएको छ ।

बर्षाले फेसबुकबाट सार्वजनिक गरेको एक तस्बिरमा पनि उनीहरुको अनौठो शैली देख्न सकिन्छ । कुनै कुरालाई देखाउँदै बर्षा वुद्धिलाई केही सोधिरहेकी छिन् । बर्षाले वुद्धिसँग काम गर्दा खुशी लागेको भन्दै आफूहरुको जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।

For More videos Log on to Mazzako TV