नेपाली फिल्म क्षेत्रमा आज भन्दा ५ बर्ष अगाडि अभिनेत्री प्रियंका कार्कीलाई दर्शकले पहिलो पटक पर्दामा हेर्न पाएका थिए । उनी, अभिनित फिल्म ‘थ्री लभर्स’ आज भन्दा ५ बर्ष अगाडि आजैको दिन रिलिज भएको थियो । झट्ट सुन्दा प्रियंका नेपाली फिल्ममा प्रवेश गरेको ५ बर्ष मात्र भयो र जस्तो लाग्छ । तर, ५ बर्षे लामो फिल्म यात्राका क्रममा उनले ठूलो फड्को मारेकी छिन् ।

५ बर्षको अन्तरालमा नै नेपाली फिल्म क्षेत्रको नम्बर १ अभिनेत्रीको रुपमा चिनिएकी प्रियंकाले यो विचमा थुप्रै फिल्ममा काम गरिन् । उनी, अभिनित सोलो फिल्म हिट नभएपनि उनलाई ठूला ब्यानरका निर्माताले पत्याएका छन् । जसले गर्दा, उनको नाममा थुप्रै हिट फिल्मको सूची छ । ५ बर्षमै यो सफलता प्राप्त गर्न गाह्रो हुन्छ । तर, प्रियंकाले भने ५ बर्षमा नम्बर १ को स्थानमा कब्जा मात्र जमाइनन्, विज्ञापनको दुनियाँमा पनि आफ्नो दरिलो स्थान बनाएकी छिन् ।

For More videos Log on to Mazzako TV