दोश्रो चरण अन्तर्गतको प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा नेपाली फिल्मका कलाकारले देशैभरी आफ्नो मतदान स्थलबाट मतदान गरेका छन् । अभिनेत्री प्रियंका कार्कीले पनि काठमाण्डौ क्षेत्र नम्बर ४ बाट मतदान गरेकी छिन् । मतदानपश्चात प्रियंकाले अब बन्ने सरकार बहुमतको हुने आशा व्यक्त गरेकी छिन् ।

उनले, बहुमतको सरकार बनेको खण्डमा देश स्थायित्व र विकासको बाटोमा लाग्ने बताइन् । उनले, मतदान गर्नेले मेन्यू सबै हेरेर अन्तिममा मःम नै रोज्न नहुने बताइन् । बाबु, आमा, पुर्खाले जुन पार्टीमा भोट हालिरहेका छन् सोही पार्टीमा नै भोट हाल्न आवश्यक नरहेको उनको भनाई छ । प्रियंकाले आफूले यसपटक पार्टी र व्यक्ति भन्दा पनि देशको विकास कसले गर्न सक्छ र नयाँ विचार कसको राम्रो छ भन्ने हेरेर मतदान गरेको बताइन् । उनले, बिहान ७ बजेर ४५ मिनेटमा मतदान गरेको बताइन् ।

 

For More videos Log on to Mazzako TV