अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ को रिलिज डेट फाइनल भएको छ । छायांकन भैरहेको फिल्म ‘लिलिबिली’ नयाँ वर्षको छेकोमा चैत ३० गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शन गरिने पक्का गरिएको हो । ‘लिलिबिलि’ को उक्त मिति रिलिज पक्का भएको फिल्मका निर्माता तथा वितरक गोविन्द शाहील बताए ।

क्रिसमसमा ‘लिलिबिली’ को पहिलो गीत सार्वजनिक गरिने समेत शाहीले बताएका छन् । फिल्मको ५५ प्रतिशत युकेका रमणीय स्थल छायांकन सकिएको छ । मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, र अनुपविक्रम शाही मुख्य भूमिका छन् । काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्म गोविन्दसंगै सुदिप खड्का र निर्देशक चाम्सले पनि लगानीमा सहकार्य छन् ।

For More videos Log on to Mazzako TV