माघ २६ गते प्रदर्शनमा आउँने अभिनेत्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ २ वटा देशमा बिक्री भएको छ । फिल्म न्युजिल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन अधिकार बिक्री भएको बताईएको छ । अस्ट्रेलियाको फोरनेशन इण्टरनेशनल प्रा.लि ले फिल्मलाई दुवै देशमा प्रदर्शन गर्ने भएको हो । श्वेताको ‘काया फिल्मस् प्रा.ली’ र ‘फोरनेशनल’ बिच गएको साता दुई देशमा फिल्म चलाउने सम्झौता गरिएको हो । प्रदर्शन मितिका बिषयमा भने छलफल भैहेको फोरनेशन इण्टरनेशनलका म्यानेजर कोमल पाठकले बताए ।

आकाश अधिकारी निर्देशित फिल्ममा श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका छ । केहि समय अघि रिलिज गरिएको फिल्म ‘कान्छी’ को ‘चरी चट्ट परी’ बोलको राजनरान सिवकोटीद्वारा संगीतवद्ध गीतले निकै मज्जाको चर्चा बटुलि सकेको छ । फिल्मको प्रदर्शन मिति माघ २६ लाई तोकिएको छ । यहि मितिमा अनमोल केसी अभिनित फिल्म ‘कृ’ पनि प्रर्दशन हुने चर्चा छ ।

For More videos Log on to Mazzako TV