अभिनेत्री केकी अधिकारी तथा अभिनेता अंकित खड्का स्टारर फिल्म ‘हुर्रे’ को पहिलो गीत सार्वजनिक भएको छ । यम थापा निर्देशित फिल्म ‘हुर्रे’ को ‘ठेकीमा दही’ बोलको गीत युटुबमा सार्वजनिक गरिएको हो । पछिल्लो समयका लोकलयमा आधारित गीतका किंग मानिने राजनराज शिवाकोटीको संगीतमा तयार भएको गीतमा राजेन्द्र थापाको शब्द रहेको छ । गीतमा राजनराज र मिलन अमात्यको स्वर रहेको छ ।

विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा केकी र अंकितको साथमा राजाराम पौडेल फिचरीङमा रहेका छन् । ‘द याका इन्टरटेन्मेन्ट’ को प्रस्तुति फिल्म ‘हुर्रे’ मा दावा शेर्पा, सोनाम लामा र छिरिङ्ग दोर्जेको लगानी रहेको छ । ‘हुर्रे’ फागुन २५ देखि प्रदर्शनमा आउँने छ ।

For More videos Log on to Mazzako TV