फिल्म ‘लभ डायरिज’ निर्माण हुने भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने फिल्मका लागि सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकारले अभिनय गर्ने छन् । ‘कारखाना’ का अभिनेता सुशील नयाँ अवतारमा प्रस्तुत हुने छन् । निर्माण टिमले सुशीलको न्यु लूक्स समेत सार्वजनिक गरेको छ । सम्पादक साहिल खानले यो सिनेमामा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन् । साथै, फिल्ममा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ ।

‘ईस्टर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमामा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सहनिर्माण रहनेछ । चुनाव सकिए लगतै छायाँकनमा जाने सिनेमामा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । प्राय सिनेमाको घोषणा प्रेसमिट गरेर गर्ने गरिन्छ । ‘लभ डायरिज’ले भने पहिलो पटक भिडियोद्वारा सिनेमा घोषणा गरेको छ ।

 

 

For More videos Log on to Mazzako TV