अब आँचल डाक्टर, आर यू एक्ससाइटेड ?
फिल्म ‘नाई नभन्नू ल ४’ बाट नायक पल शाह र आँचल शर्मा एक साथ नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेका हुन् । उनिहरुको दोस्रो फिल्म हो ‘जोनी जेन्टलम्यान’ । अब यो जोडी फिल्म ‘शत्रु गते’ मार्फत तेस्रो पटक फेरि पर्दामा आउँदैछ ।
कमेडी जनराको फिल्म ‘शत्रु गते’ मा दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, हरिवशं आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा दीपाश्री र हरिवंश श्रीमान(श्रीमतिको भूमिकामा देखिँदैछन् । केही दिन अगाडि दीपाले हरिवंशलाई ट्याक्टरमाथी बसेर छाता ओढाएको तश्वीर बाहिर आएको थियो ।

यसैबिच नायिका आँचल शर्माले पनि फिल्मको सुटिङ सेटबाट आफ्नो लुक्स सार्वजनिक गरेकी छिन् । आँचलले आफ्नो फेसबुकमा एक तश्वीर शेयर गरेकी छिन्, जसमा उनी ‘डाक्टर’ को ड्रेसमा देखिएकी छिन् । उनको पछाडि केही स्वास्थ्य सम्बन्धि जानकारी दिने टिप्सहरु छन् । उनले फोटोसँगै क्याप्सनमा लेखेकी छिन् ‘मिट सन्ध्या । फ्रम शत्रुगते । चैत ९ । आर यू एक्ससाइटेड ।’

यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बन्न लागेको हो । ‘शत्रु गते’लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् । फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ ।








