फिल्म ‘कारखाना’ का निर्देशक अमरदीप सापकोटाले नयाँ फिल्म ‘जय श्रीदाम’ निर्माण थालेका छन् । उक्त फिल्ममा अमरदीपको पटकथा तथा संवाद रहेको छ । उनि फिल्ममा सहनिर्माताको रुपमा समेत रहेका छन् । पौष महिनाबाट छायाँकनमा जाने फिल्ममा अमृत ढुंगाना, जेबिका कार्की, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी लगायतको अभिनय रहनेछ ।

मंकी टेम्पल प्रोडक्सन, नेशनल मिडिया प्रोडक्सन र सापकोटा जेआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा पृथ्वीराज उप्रेती र मनोज उप्रेतीको मुख्य लगानी छ भने रविन आचार्यले लगानीमा सहकार्य गर्नेछन् । विप्लप उप्रेतीले निर्देशन गर्ने चलचित्रमा नवराज उप्रेतीको छायाँकन र मित्र गुरुङको सम्पादन रहनेछ ।

For More videos Log on to Mazzako TV