दोश्रो चरणको चुनाबपछि मंसिरमै ‘दिपज्योती’ रिलिज
फिल्म ‘दिपज्योती’ को फष्ट लुक सार्वजनिक गर्दै रिलिज डेड तय गरिएको छ । दोश्रो चरणको चुनाबपछि फिल्म ‘दिपज्योती’ मंसिर २२ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने फाईनल गरिएको हो । फिल्म रिलिज हुनु भन्दा १० दिन अघि मात्र फष्ट लुक सार्वजनिक गर्दै रिलिज डेड तय गरिएको हो ।

निरञ्जन ठाकुर र अन्जना राइ ठाकुर निर्माता रहेको फिल्ममा नारायण मैनालीको निर्देशन छ । फिल्ममा नीर शाह, रजनि केसी, खुश्वु खड्का, प्रमोद द्विप, लय संग्रौला, रश्मी भट्ट, पुष्कर रेग्मी, शेखर केसी, शेर बहादुर गुरुङ र रेशम फिरिरी लिड रोलमा छन् । रामकृष्ण अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा क्यामेरा रामशरण उप्रेतीले चलाएकाछन् भने विकास चौधरीले संगीत भर्दा कोरियोग्राफी रामजी लामिछानेको छ । ‘दीपज्योती’मा द्वन्द्व निर्देशन सम्राट बस्नेतको छ ।








