रोकिएन विवाद, दीपकले लेखे–‘दीपाजी थप्पडै नहानी जीत देखाउनुपथ्र्यो’
अभिनेत्री ऋचा शर्माले फिल्म ‘छक्का पन्जा’ हेरेर मुर्ख भएको महशुश गरेको र हलमा दर्शकले ताली बजाउँदा आफूलाई रिस उठिरहेको बताएपछि सुरु भएको दुई पक्षको लफडा सकिने छनक छैन । 
ऋचाको यो भनाई सार्वजनिक भएसँगै दीपाले गेट वेल सुन भन्दै स्टाटस लेखिन् भने ऋचाले पनि सफाई दिइसकेकी छिन् । अब, फेरि फिल्मका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले नयाँ स्टाटस लेख्दै ब्यङ्ग्य कसेका छन् ।
दीपकले लेखेको छन्–‘महाभारतमा द्रौपदीमाथि अन्याय हुन्छ, लछार पछार पारिन्छ । त्यसैले युद्ध हुन्छ । द्रौपदी जित्छिन्, अन्यया गर्ने हार्छन् । रामायणमा पनि कथा त्यस्तै हो । दीपाजी तपाइले चाहि थप्पडै नहानी महिलाको जीत भाको देखाउन सक्नुपथ्र्यो । अन्याय नै नभई महिलाले बदला लिएको देखाउन सक्नु भएन ? दीपाजी तपाइले यस्तो कसरी गर्न सक्नुभयो ? महिलालाई थप्पड ? कुतर्कको पछाडि भिड लाग्ला तर कुतर्क कुतर्क नै हो । पहिला अन्याय हुन्छ पछि न्याय जित्छ ।’
ऋचाले महिला निर्देशकले बनाएको फिल्ममा महिलामाथि नै थप्पड हानिएको भन्दै आफूलाई त्यो दृश्यले रिस उठेको बताएकी थिइन् ।
For More videos Log on to Mazzako TV







