चराको जोडी विनय र सृष्टि ‘रोमियो एण्ड मुना’ मा (भिडियो)
अभिनेता विनय श्रेष्ठ तथा अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को टिजर रिलिज भएको छ । रिलिज मिति तोकिएको केही दिनमै फिल्मको टिजर रिलिज गरिएको हो । सवा एक मिनेट लामो टिजर चलि आएका फिल्मको भन्दा भिन्न छ । फिल्मको टिजरमा एक सुन्दर चराको जोडीलाई प्रस्तुत गरिएको छ ।

नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुना मा नायक विनय र नायिका सृष्टि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फागुन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको हाल पोष्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्मलाई प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय मिलेर बनाएका हुन् । टिजर हेर्नुस् :
For More videos Log on to Mazzako TV








