‘सानुमाया’ भन्दै जापनिज कलाकारले कम्मर मर्काएपछि (भिडियो)
फिल्म ‘माई लभ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सानुमाया’ बोलको गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा जापनिज कलाकारहरूले मज्जाले कम्मर नृत्य देखिन्छ । रमेश कोइरालाको शब्द, दीप तुलाधारको सङ्गीत रहेको गीतमा रामचन्द्र काफ्ले र मिना सिंहको स्वर छ । कलाकार गणेश लामा, शिटल श्रेष्ठ, जापनिज कलाकार युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको भिडियोमा अभिनय छ ।

डा.तोसिआकी इतोह निर्देशित फिल्मलाई गणेश लामाले निर्माण गरेका हुन् । फिल्ममा गणेश लामा, शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरू चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरू युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय छ । फिल्ममा दिनेश सुनाम र दीप तुलाधारको सङ्गीत, गौरीशंकर धुजु र नारायण जिसीको छायाङ्कन र तारा थापा किम्भेको सम्पादन छ । फिल्म ‘माई लभ’ मङ्सिर २९ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
For More videos Log on to Mazzako TV








