‘राज्जा रानी’ अब मैथिली भाषामा पनि
नायक नाजीर हुसेन र नायिका केकी अधिकारी स्टारर फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा समेत रिलिज हुने भएको छ । पौष २१ गतेबाट सार्वजनिक प्रदर्शनको तयारी गरिरहेको फिल्म मैथिली भाषामा रिलिज हुने निर्माता रमेश एमके पौडेलले बताए ।

मङ्गलवार मैथिली भाषामा प्रदर्शन गर्नको लागी निर्माण पक्ष र चलचित्र वितरक बिच सम्झौता भएको थियो । यम थापा निर्देशित फिल्मलाई मैथिलीको साथै भारत प्रदर्शनको अधिकार २० लाखमा बिक्री भएको निर्माण पक्षले जनाएको छ ।
For More videos Log on to Mazzako TV








