‘मंगलम’ पछि शिल्पा र पुष्पलको ‘मन्द मन्द’
फिल्म निर्देशनमा नवल नेपाल अब्बल मानिन्छन् । उनले निर्देशन गरेका केही फिल्मले उच्च चर्चा पाएपनि केहीले खासै पाएनन् । तर, नारी संवेदनालाई उनले फिल्ममा राम्रैसँग उठान गर्न सक्छन् । 
फिल्म ‘मंगलम’मा नवलले अभिनेता पुष्पल खड्का र अभिनेत्री शिल्पा पोखरेलको जोडीलाई देखाएका छन् । यो फिल्म निर्धारित समयमा रिलिज हुन सकेन । यो फिल्म अब फागूण ४ गतेबाट रिलिज हुँदैछ ।
यो फिल्म रिलिज नहुँदै निर्देशक नवल नेपालले नयाँ फिल्म बनाउने तयारी थालेका छन् । फिल्मको नाम ‘मन्द मन्द’ राखिएको छ । यो फिल्ममा उनले पुष्पल र शिल्पाकै जोडीलाई पर्दामा उतार्ने तयारी गरेका छन् । नवलका अनुसार फिल्मको नाम परिवर्तन पनि हुनसक्छ ।
फिल्ममा रुद्र खनाल र मिनु मल्लको लगानी रहनेछ । फिल्ममा दीपक शर्माको संगीत, दिव्य सुवेदीको छायांकन, दिनेश न्यौपाने र गोविन्द फूयाँलको कथा छ । फागूणको पहिलो साताबाट फिल्मको छायांकन सुरु हुनेछ ।
For More videos Log on to Mazzako TV







