नायिका निश्मा घिमिरे र कोरियोग्राफर तथा मोडल गम्भीर विष्ट विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेममा रहेको यो जोडी मंसिर ७ गते विवाह बन्धनमा बाधिन लागेका हुन् । ‘रिदम’, ‘यू बाबा’, ‘जन्मभूमी’ फिल्ममा अभिनय गरेकी छिन् । उनि अभिनीत नयाँ फिल्म ‘हैरान’ प्रदर्शनको तयारीमा छ ।

यता फिल्म ‘लुट’ बाट नृत्य निर्देशनमा डेब्यु गरेका गम्भीर विष्टले झन्डै तीन दर्जन फिल्ममा नृत्य निर्देशन गरिसकेका छन् भने दुई दर्जन बढी म्यूजिक भिडियोमा मोडल भएर पनि काम गरेका छन् । गम्भीरले निश्मालाई डान्स समेत सिकाएका थिए । केहि समय अघि यो जोडीसंग गरिएको मज्जाको कुराकानी :

For More videos Log on to Mazzako TV