यो मितिबाट चल्दै केकीको ‘कोहलपुर एक्सप्रेस’
अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’ को प्रदर्शन मिति तय गरिएको छ । आउँदो सालको बैशाख १४ गते फिल्म रिलिज हुने पक्का भएको हो । फिल्म ‘कोहलपुर एक्सप्रेस’ तीन साता अघि देखि नेपालगञ्जमा छायाँकन भैरहेको छ । केकी यहि फिल्मबाट फिल्म निर्माण मा लागेकी हुन् । म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले पनि यही फिल्म मार्फत फिल्म निर्देशनमा डेव्यु गरेका छन् ।

फिल्ममा केकी सहित नायिका प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतको अभिनय छ । फिल्म निर्माणमा भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रसाद चौंलागाईंले सहकार्य गरेका छन् । फिल्ममा बसन्त सापकोटा, अर्जुन पोखरेल र कालिप्रसाद बाँस्कोटा गरि दिन संगीतकारका गीत रहने छन् ।
For More videos Log on to Mazzako TV








