प्रदर्शनरत फिल्म ‘झ्यानाकुटी’ लाई हेरेपछि अभिनेत्री चैत्य देबी र अभिनेता भुवन केसीले तारिफ गरेका छन् । राजधानीमा आयोजित विशेष शो मा फिल्म हेर्न पुगेका यी दुईले फिल्म मन पराएका हुन् । फिल्म हेरिसकेपछि सञ्चारकर्मीसंग कुरा गर्दै भुवन केसीले आफुलाई विषयवस्तुले छोएको बताए ।


यता चैत्य देवी र नायक तथा सञ्चारकर्मी संजय गुप्ताले पनि फिल्मलाई राम्रो बनेको प्रतिक्रिया दिए । धम्पुसमा छायाँकन गरिएको फिल्ममा एक गाउले दम्पतिको कथा देखाइएको छ । फिल्मको कमेडी र सेन्टिमेन्टलाई दर्शकसंगै फिल्मकर्मीले पनि रुचाएका छन् । सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तान , पुष्कर गुरुङ, कर्मा शाक्य, जीवन भट्टराईसंगै बालकलाकारको रुपमा एस्टल गुरुङको अभिनय रहेको छ । फिल्मलाई सिमोश र निशा अधिकारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई हरि हुमागाईंले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV