सायद, अभिनेत्री जान्वी बोहरा यही नै सोच्दै होलिन् । कि, फिल्म क्षेत्रमा हट बनेर हिट भइन्छ । नभए केही दिन अगाडि आयोजना भएको फिल्म ‘भैरे’को कार्यक्रममा उनलाई किन यति हट पहिरन लगाएर पुग्न आवश्यक थियो ।

फिल्म क्षेत्रका अन्य दुई अभिनेत्री बर्षा सिवाकोटी र सुरक्षा पन्त सफ्ट बन्दा जान्वी हट बनिन् । उनको माथिल्लो भागको पहिरन अत्यन्त खुलेको थियो । झन्, क्यामेरा क्लिक धेरै हुने ठाउँमा त यस्ता पहिरनले कहिलेकाही धोका दिन सक्छन् ।

तर, विन्दास जान्वीलाई त्यसको प्रवाहा भएन । यसैले, उनी हट बनेर पुगिन् र केही दिन मिडियामा छाइन् । जान्वीले यस अगाडि सार्वजनिक कार्यक्रममा लगाएका पहिरनले पनि उनी हट बनेर हिट हुन चाहिन्छन् भन्ने प्रष्ट देखाउँछ ।

For More videos Log on to Mazzako TV