बेनिशा र सौगातको ‘झ्यानाकुटी’ रिलिज, दोश्रो हप्तामा ‘मेला’
आज शुक्रबारदेखि नयाँ नेपाली फिल्म रिलिज भएको छ । सिमोस सुनवारको निर्देशनमा तयार भएको फिल्म ‘झ्यानाकुटी’ बक्स अफिसमा लागेको छ । फिल्मलाई सिमोस र अभिनेत्री नीशा अधिकारी मिलेर बनाएका हुन् । यो फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री वेनिशा हमालको मुख्य भूमिका छ । 
फिल्मको ट्रेलरमा समावेश गरिएको संवादका कारण यो फिल्म चर्चामा छ । यही फिल्मबाट पहिलो पटक निर्मात्री बनेकी निशा अधिकारीका लागि यो फिल्म विशेष छ ।
आजैबाट फिल्म ‘मेला’ दोश्रो हप्तामा प्रवेश गरेको छ ।
गतसाता रिलिज भएका ४ फिल्ममध्ये ‘मेला’ले मात्र सुखद व्यापार गरेको थियो । हरि पन्तको प्रस्तुतीमा बसन्त निरौलाले निर्देशन गरेको फिल्ममा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मीको मुख्य भूमिका छ । फिल्मले रिलिजको केही दिनमै निर्माता सेफ गरिसकेको छ ।
For More videos Log on to Mazzako TV







