असोज ११ गते दशैको अवसर पारेर रिलिज भएको फिल्म ‘छक्का पन्जा २’ले प्रदर्शनको ५१ दिनको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौको सीटी सेन्टरमा आयोजना भएको कार्यक्रममा फिल्मका कलाकार, पत्रकार, निर्माता, निर्देशक, प्राविधिक उपस्थित थिए ।

५१ दिनको विशेष कार्यक्रममा फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्ममा केही कमजोरी भएको स्विकारे । साथै, उनले फिल्ममाथि चौतर्फी आक्रमण भएपनि दर्शकले मन पराएकोमा खुशी व्यक्त गरे ।

फिल्मकी निर्देशक दीपाश्री निरौलाले पनि फिल्ममाथि आक्रामण भएपनि आफूहरुले पनि सिक्ने मौका पाएको बताइन् । उनले, दर्शकहरुले दिनुभएको खुशीलाई सधै नै लिएर अगाडि बढ्ने बताइन् ।

फिल्मको सफलता पार्टीमा मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायत उपस्थित थिए । उनीहरुले केक काटेर फिल्म सफलताको सेलिव्रेशन समेत गरेका थिए ।

For More videos Log on to Mazzako TV