चुनाव प्रभावः मंसिरमा सुनसान, अरु महिना भिडन्त
मंसिर महिनामा हुने २ मितिको निर्वाचनले नेपाली फिल्मलाई पनि प्रभाव पारेको छ । जसको प्रत्यक्ष असर नेपाली फिल्म रिलिजमा देखिएको छ । मंसिर १० गते र मंसिर २१ ग्ते हुने निर्वाचनका कारण नयाँ नेपाली फिल्म रिलिज हुन सकेका छैनन् । 
मंसिर १ गते फिल्म ‘झ्यानाकुटी’ रिलिज हुनेछ, जसलाई निर्वाचनले खासै प्रभाव पार्ने छैन । यस्तै, मंसिरको अन्तिम साता फिल्म ‘सुपर गोर्खे’ रिलिज हुनेछ । जसलाई पनि निर्वाचनले खासै फरक पार्नेछन् । यो विचमा कुनै पनि नेपाली फिल्मले प्रदर्शन मिति तोक्ने आँट गरेका छैनन् ।
पौष लागेपछि पनि अवस्था त्यस्तै छ । पौषको पहिलो साता बलिउड फिल्म ‘टाइगर जिन्दा हे’ रिलिज हुने भएकाले नेपाली फिल्म हलमा लाग्ने छैनन् । यसपछि, भने नेपाली फिल्मको भिडन्त सुरु हुनेछ । स्थानिय निर्वाचनका कारण जेठदेखि भदौसम्म फिल्मको भाले जुधाई देखिएको थियो । अब, प्रतिनिधी र प्रदेश निर्वाचनका कारण पनि फिल्मको जुधाई हुने पक्का छ ।
For More videos Log on to Mazzako TV







