रेविकाको भिसा नलागेपछि प्रदिपसँग प्रियंका
निर्देशक मिलन चाम्स फिल्म ‘ह्याप्पी डेज’को प्रिमियरका लागि यूकेमा छन् । यही फिल्मको प्रिमियरका लागि अभिनेत्री प्रियंका कार्की पनि यूके पुगेकी छिन् ।
यूकेमा यो फिल्मको प्रिमियर पश्चात अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहने फिल्म ‘लिलिबिली’को छायांकन सुरु हुनेछ । यो फिल्मको घोषणा कार्यक्रममा प्रदिपसँग २ अभिनेत्रीले काम गर्ने पक्का थियो । 
दुई नयाँ अभिनेत्री रेबिका गुरुङ र जसिता गुरुङले यो फिल्ममा काम गर्ने घोषणा गरिएको थियो । तर, कात्तिक ७ गतेबाट सुरु हुनुपर्ने फिल्मको छायांकन अझै सुरु हुन सकेको छैन । यसको पछाडि, अभिनेत्री रेविकालाई यूकेले भिसा नदिनु हो । २ पटकसक्म यूकले रेविकालाई भिसा नदिएपछि अब निर्देशक चाम्स फिल्म ‘लिलिबिली’मा अभिनेत्री प्रियंका कार्कीलाई काम गराउने तयारीमा छिन् ।
मिलनले प्रियंकाले फिल्ममा काम गर्ने संभावना प्रवल रहेको बताएका छन् । प्रियंका यूकेमा फिल्मको छायांकन सकेरै नेपाल फर्कने संभावना बढी छ । पर्दामा दर्शकले अब प्रियंका र प्रदिपको जोडीलाई देख्न पाउनेछन् ।
For More videos Log on to Mazzako TV







