साम्तेन भुटिया निर्देशित फिल्म ‘साढे ७’ को पहिलो गीत सार्वजनिक भएको छ । फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ‘गज्जब हुनेछ’ बालेको गीत युटुब मार्फत सार्वजनिक गरिएको होे । अमृत खतिवडाको शब्द रहेको उक्त गीतमा संगीत सत्यराज आचार्यले भरेका छन् । ‘गज्जब हुनेछ’ गीतमा किरण गजमेरको स्वर सन्न सकिन्छ । भिडियोमा सत्य र सुप्रिया कट्वालको केमेष्ट्रि निकै मज्जाको छ ।

भारतले नेपाल माथि लगाएको नाकाबन्दीको समयमा फोटो पत्रकारको भोगाई तथा दुख पिडा नै फिल्मको बिषय बस्तु रहेको बताइएको छ । फिल्ममा सत्यराजसँगै सुनिल थापा, मेनुका प्रधान, शिशिर वाङदेल, कामेश्वर चौरसिया र सुप्रिया कटुवाल लगायत कलाकारहरुको अभिनय रहेको छ । सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेशदेव पाण्डे, डिजे सन्तोष र निर्देशक भुटियाको संयुक्त लगानीमा ‘साढे ७’ निर्माण भएको हो । फिल्ममा अञ्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलवी टण्डन र विशाल चाम्लिङ सह–निर्माताको रुपमा रहेका छन् । अनिश तामाङको सिनेम्याटोग्राफी रहेको फिल्ममा सत्यस्वरुपको संगीत छ । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV