अभिनेता नाजिर हुसेन तथा अभिनेत्री केकी अधिकारी स्टारर फिल्म ‘राज्जा–रानी’ को पहिलो गीत सार्वजनिक भएको छ । एक साता अघिमात्र टीजर रिलिज गरिएको फिल्म ‘राज्जा–रानी’ को ‘चिप्पक चिप्पक’ बोलको गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । दीपक शर्माको सङ्गीत रहेको गीतमा राजेन्द्र थापाको शब्द छ । गीतमा नरहरी प्रेमी र सुमिना लोको स्वर सुन्न सकिन्छ । भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । तराईको परिवेशमा निर्माण भएको फिल्म ‘राज्जा–रानी’ पौष २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

गीतमा चलचित्रका मुख्य कलाकार केकी र नाजिर फिचरिङ छन् भने दुवैलाई फरक रूपमा प्रस्तुत गरिएको छ । यम थापाको लेखन र निर्देशन रहेको चलचित्र राज्जा रानीलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV