आज शुक्रबार । शुक्रबार प्राय हलमा नयाँ फिल्म लाग्ने गर्छन् । दर्शक पनि शुक्रबार रिलिज भएको फिल्म हेर्न उत्साहित हुन्छन् । तर, आज नेपाली फिल्मका लागि भने खासै सुखद दिन होइन । कारण, आज ४ वटा नेपाली फिल्म रिलिज भएका छन् ।

हरि पन्तको प्रस्तुतीमा बसन्त निरौलाले निर्देशन गरेको फिल्म ‘मेला’ रिलिज भएको छ । सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मी फिल्मको मुख्य भूमिकामा छन् ।
यस्तै, शंकर कार्की निर्देशित लभस्टोरी जनराको फिल्म पनि आजैबाट रिलिज भएको छ । हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु फिल्मको मुख्य भूमिकामा छन् ।

मुख्यतया, बक्स अफिसमा यी दुई फिल्मको भिडन्त हुने अनुमान गरिएको छ । यस्तै, माओवादी सशस्त्र युद्धको कथामा तयार भएको फिल्म ‘तान्द्रो’ पनि आजबाट रिलिज भएको छ । फिल्ममा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् भने साप्तेन भुटियाले यो फिल्म निर्देशन गरेका हुन् । आजैबाट एनबी महर्जनको निर्देशनमा तयार भएको फिल्म ‘सकस’ पनि रिलिज भएको छ ।

For More videos Log on to Mazzako TV